aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

धनतेरसका दिन यी बस्तु किन्न  नभुल्नुहोला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०५ कार्तिक २०७९
धनतेरसका दिन यी बस्तु किन्न  नभुल्नुहोला

काठमाडौं । आज धनतेरस पर्व । यस दिन धनका देवता धन्वंतरी, कुबेर र लक्ष्मीको पूजा आराधना गर्ने गरिन्छ ।  धनतेरसका दिन नयाँ वस्तुको खरिद गर्नु अति शुभ मानिन्छ । यो पर्व अघि घरको केही भाग सफा गर्नु अति आवश्यक मानिन्छ ।   

दीपावलीको सरसफाइ त सबैले गर्नु नै हुन्छ होला । तर के धनतेरसको दिन बिहान घरका चार प्रमुख स्थानको सरसफाइ गर्नु अति आवश्यक हुन्छ । यस दिन घरको उत्तर–पूर्व क्षेत्र अर्थात् इशान कोण, पूर्वी भाग अर्थात् पूर्व दिशा, उत्तर क्षेत्र अर्थात् उत्तर दिशा सफा गर्नु अति आवश्यक हुन्छ ।

घरको बिचमा अर्थात् ब्रह्मा स्थानबाट अनावश्यक वस्तुहरू हटाएर राम्ररी सफा गर्नुपर्छ । एउटा भाँडोमा सफा पानीले आफ्नो घरको उत्तर दिशामा छर्कनुहोस् जहाँ तपाईँ पैसा वा धन राख्नुहुन्छ । वास्तवमा यसो गरेर कुबेरको आगमनको तयारीका रूपमा लिइन्छ । 

घरको सरसफाइ गरिसकेपछि यो कुरामा ध्यान दिनुहोस् भने सधैँ झाडुलाई लुकाएर राख्नु होला । कसैले सजिलै देख्न नसक्ने ठाउँमा राख्नुहोस् । ठाडो र खुला झाडुलाई सम्पत्तिको विनाशको प्रतीक मानिन्छ ।

यदि तपाईँको घरमा माछाको एक्वरियम छ भने त्यसलाई पनि यस दिन सफा गर्नुपर्छ । धनतेरसको साँझ घरमा पाँच दियो बाल्नुहोस् र त्यसमध्ये एउटा  घरको मन्दिरमा  दियो बाल्नुहोस् । एउटा तुलसी, एउटा पानीको भाँडो र ढोकामा दुई वटा दियो राख्नुहोस् । धनतेरसको दिन कुबेरका अलावा यमदेवको नाममा पनि दीप प्रज्वलन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस