aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विप्रेषण भित्रियो

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, ०५ कार्तिक २०७९
साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विप्रेषण भित्रियो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो । 

भदौमा खासगरी चाडपर्व लक्षित विप्रेषण आउने भएकाले पनि यो समय विप्रेषण बढ्ने गरेको छ । भदौमा मात्रै ९५ अर्ब रुपियाँ विप्रेषण आएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको छ । राष्ट्र बैङ्कका अनुसार भदौसम्म यस्तो स्वीकृति लिनेको सङ्ख्या १६९.९ प्रतिशतले बढेर एक लाख चार  हजार  पुगेको  छ । त्यस्तै  पुनः  श्रम  स्वीकृति  लिनेको सङ्ख्या पनि ७०.६ प्रतिशतले बढेर ३९ हजार नाघेको छ ।

बढ्दो व्यापार घाटाका कारण विदेशी मुद्रा सञ्चितिको दबाबमा परेको नेपालका लागि त्यो अवस्था अझै कायमै छ । असार मसान्तमा नौ अर्ब ५४ करोड रुपियाँ डलर सञ्चिति रहेकामा भदौ मसान्तमा २ प्रतिशतले घटेर नौ अर्ब ३५ करोड डलर कायम छ । यो विदेशी मुद्रा सञ्चिति ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस