aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

धनतेरसका दिन कुन राशीका व्यक्तिले के गर्ने  ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०५ कार्तिक २०७९
धनतेरसका दिन कुन राशीका व्यक्तिले के गर्ने  ?

काठमाडौं । धनतेरसको दिन मानिसहरू के किन्ने के नकिन्ने भनेर अलमल्लिरहेका हुन्छन् । राशि अनुसारको आफ्नो राशिलाई फलिफाप हुने गरी सामान खरिद गर्दा अझ राम्रो र उत्तम मानिन्छ । 

मेष राशि   
– सुन, चादी, भाडा, गहना, हिरा, विद्युतीय उपकरण र कपडा किन्दा लाभ मिल्नेछ । यी राशि भएकाह१ले धनतेरसमा लक्ष्मी भगवानको कृपा पाउनका लागि साँझको समयमा आफ्नो घरको मुख्य प्रवेशद्वारमा दियो बालेर त्यसलाई पूजा गर्नु पर्दछ । 
– नरक चतुर्दशीको दिन आफ्नो घरको पूर्व दिशामा एक दियो बालेर राख्न राख्नु उत्तम मानिन्छ । 
– दीपावलीको दिन शुक्र यन्त्र र शनि यन्त्रको स्थापना गरेर पूजा गर्नुस् । 
– सेतो कपडामा चन्दनको लेप लगाएर राख्नु उपयुक्त हुन्छ । 

वृष राशि  
– सुन, चाँदी, पीतल, हीरा, केशरी, कपडाहरु खरिद गर्न हुने तर सवारीसाधन, तेल, छालाको सामान, काठको फर्नीचर नकिन्दा राम्रो मानिन्छ । 
– साँझको समयमा पीपलको ५ वोटा पातहरुलाई पहेंलो चन्दन लगाएर खोलामा बगाए धनको बचत हुने र फिजूलखर्च रोकिने छ । 
– नरक चतुर्दशीको दिन आफ्नो घरको दक्षिण दिशामा दियो बालेर राख्न राम्रो हुन्छ । 
– वृष राशि भएकाले लक्ष्मी पूजाको दिन महालक्ष्मी यन्त्रको स्थापना गरि पूजा गरे राम्रो हुने छ । 

मिथुन राशि  
– जग्गा, जमिन, घर, सुन, चाँदी किन्न हुने तर कसैलाई पनि उधारो दिन हुँदैन । 
– मिथुन राशि भएकाले धनतेरसको दिन मा लक्ष्मीको कृपा पाउनका लागि बरको ५ वटा पातमा रातो चन्दन लगाएर रातो कपडामा केही सिक्कालाई बाधेर घरमा राख्नु पर्छ । 

– नरक चतुर्दशीको दिन आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नु पर्छ । 
– दीपावली को दिन मिथुन राशि भएकाले घरमा चादीको श्रीयंत्र लेराए सुभ९लाभ हुन्छ । 
– दीपावली को दिन एक जटा भएको नरिवललाई रातो कपडामा बाधेर आफ्नो तिजोरीमा राख्नु पर्छ । 
– यसो गर्नाले धन लाभ हुन्छ, कुनै इच्छा पनि पूरा हुन्छ र परिवारमा सुख९शान्ति आउँछ । 

कर्कट राशि 
– चादी, विधुतीय उपकरण, भाडा, काठको फर्नीचर किन्न हुने तर फलामबाट बनेको कुनै पनि सामान किन्न हुँदैन । फलाम तथा स्टिल त्यसै पनि अशुभ मानिन्छ । 
– माता लक्ष्मीको कृपा पाउनको लागि काग तिहार धनतेरसमा कर्कट राशि भएकाले साझ पीपलको रुख मुनि सर्सिउको तेल प्रयोग गरेर पञ्चमुखी दियो बाल्दा लाभ हुन्छ ।  
– नरक चतुर्दशीको दिन आफ्नो घरको उत्तर दिशामा एउटा दियो बाल्दा राम्रो हुन्छ ।  
– दीपावली को दिन विष्णु मन्दिरमा एक पहेंलो त्रिकोण आकारको झण्डा चढाए आमदनी को स्रोत बढ्ने र आर्थिक स्थितिमा सुधार आउने छ । 

सिंह राशि  
– सिंह राशि भएकाले धनतेरसमा आफ्नो नाम बाट कुनै पनि वस्तु खरदि नगर्दा राम्रो 
– शनिको बास भएको हुनाले सुन, फलाम र शेयरमा प्रबेश नगर्दा राम्रो 
– तामाको भाडा , कपडा र बच्चाको लागि कुनै पनि सामग्री नकिन्दा राम्रो 
– सिंह राशि भएकाले धनतेरसमा गाईलाई खाना खुवाए र आफ्नो घरको पूर्व दिशामा एक दियो बाले देखि कारोबारमा भएको नोक्सान बाट बच्ने र दरिद्रता हट्नेछ । 
– काग तिहारबाट दीपावलीसम्म हरेक दिन आफ्नो घरको मुख्य द्वारको नजिक धेरै घिउ हालेर दियो बाले सुभ हुने छ । 

कन्या राशि  
– धनतेरसको दिन कन्या राशिमा गजकेसरी योग बनेको हुनाले सुन, सम्पत्ति, हिरा, चादी , विधुतीय उपकरणहरु, गाडी,फर्नीचर किने देखि निकै नै लाभ मिल्ने छ भने कालो रंगको वस्तु वा कपडा किने देखि अशुभ हुने छ । 
– कन्या राशि भएकाले धनतेरसमा आर्थिक स्थिरताको लागि माता लक्ष्मीको मन्दिर मा २ वोटा कमलगट्टेको माला चढाउनुस् ।
– नरक चतुर्दशीको दिन आफ्नो घरको दक्षिण दिशामा एक दियो बाल्न जरुरी छ । 
– दीपावलीको दिन रातो कपडाले श्रीफललाई बाधेँर आफ्नो तिजोरीमा राखे आर्थिक संकट हट्ने छ र धन लाभ हुने छ । 

तुला राशि  
– धनतेरसमा तुला राशि भएकाले लगानी गरे लाभ हुनेछ । 
– सुन, तामा, गाडी, चाँदीका समान खरीद गर्दा लाभ मिल्ने छ भने फलामको सामग्री नकिन्दा उत्तम  
– तुला राशि भएकाले ऋणबाट मुक्त हुनका लागि माता लक्ष्मीको मन्दिरमा नरिवल चढाउनूस । 
– नरक चतुर्दशीमा आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नुहोस् 
– दीपावलीको दिन लक्ष्मी माताको मन्दिरमा कमल गट्टेको माला चढाए रोग, दुख र दरिद्रता सबै हटेर जान्छ र भौतिक सुख प्राप्त हुनेछ ।  

बृश्चिक राशि  
– बृश्चिक राशि भएका मानिसहरुमा शनि को साढ़े सात चलिरहेको हुदा काग तिहारको दिन आफ्नो नाममा कुनै पनि सामान खरिद नगर्दा राम्रो ।
– फलामको सामान र सुन किन्न नहुने तर परिवारमा कसैको नाम बाट चाँदी, भाडा , पित्तल, कपडा,फर्नीचर, बिद्युतीय उपकरण खरिद गर्दा लाभ हुने ।
– बृश्चिक राशि भएकाहरुलाई घाटा बाट माथि आँउनका लागि मुर्दा घाट मा लगाइएको पानिको नाल या कुवाको पानी ल्याएर पिपलको रुखमा चढाए लाभ हुने ।
– नरक चतुर्दशीमा आफ्नो घरको उत्तर दिशामा एक दियो बाल्नु पर्दछ । 

धनु राशि 
– धनु राशि भएकाहरुले घर, जग्गा, जमिन र बहुमूल्य वस्तु खरिद गर्दा लाभ मिल्ने छ । 
– सुन, हिरा ,बहुमूल्य रत्न खरिद गर्दा पनि लाभ हुने छ ।
– नरक चतुर्दशीमा आफ्नो घरको पूर्व दिशामा एक दियो बाल्नु होस् । 
– दीपावली को दिन पीपल को पातमा लक्ष्मी मन्त्र लेखेर आफ्नो तिजोरीमा राखे धन लाभ हुने छ । 

मकर राशि  
– कपडा, सुन, चाँदी, गाडी , किताब, बहुमूल्य रत्न, चाँदीको भाडा खरिद गर्दा धेरै लाभ मिल्ने छ भने मकर राशि भएकाले विद्यूतीय उपकरण र घर, जग्गामा लगानी नगर्दा लाभ हुनेछ । 
– मकर राशि भएकाले आफ्नो आय स्रोत बढाउनका लागि सस्यूको तेलमा दियो बल्नु पर्दछ । 
– नरक चतुर्दशीमा आफ्नो घरको दक्षिण दिशामा एक दियो बाल्नुहोस्  ।
– दीपावलीको दिन शनि यन्त्र र मंगल यन्त्रको स्थापना गरि पूजा गर्नु पर्छ । 
– शनि यन्त्र छ भने घरको पश्चिम दिशामा निलो कपडाले बाधेर राख्नुहोस् । 
– दीपावलीको दिन रातो कपडामा नरिवल राखेर आफ्नो तिजोरीमा राखे माता लक्ष्मीको घरमा स्थायी बास हुने छ । 

कुम्भ राशि 
– धनतेरसमा कुम्भ राशि भएकाले लगानी गरे निकै नै लाभ हुने छ । 
– घर, जग्गा , सवारीसाधन, किताब, विधुतीय उपकरण, फर्निचर खरिद गर्दा निकै शुभ हुने तर सुन वा बहुमूल्य रत्न भने खरिद गर्न नहुने । 
– कुम्भ राशि हुनेले स्थायी सुख–समृद्धिको लागि धनतेरसमा आफ्नो परिवारसँग लक्ष्मी ९गणेश र कुबेरको पूजा गर्नुहोस् । 
– नरक चतुर्दशीमा आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नुहोस्  ।
– दिपावलीको रात नरिवलको खबटामा घ्यू हालेर दियो बाले लक्ष्मीको घरमा स्थायी वास हुने छ । 

मीन राशि 
– सुनको आभूषण, चादीको भाडा, घर९जग्गा खरदि गर्दा निकै लाभ रहेको तर शेयर मा लगानी र अरुलाई उधारो दिए अशुभ हुने ।
– मीन राशि भएकाले आफ्नो कारोबारमा फाइदा कमाउनु छ भने कुनै दुई वृक्ष रोपेर त्यसको सधै हेरविचार गर्ने संग्कल्प लिनुहोस् । 

प्रतिक्रिया दिनुहोस