aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नेपालले क्षतिपूर्तिको विषय उठाउने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, ०५ कार्तिक २०७९
नेपालले क्षतिपूर्तिको विषय उठाउने

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७) मा नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठाउने भएको छ । बढ्दै गएको पृथ्वीको तापमानलाई कसरी रोक्ने भन्ने मुख्य उद्देश्यसहित इजिप्टको सामएलसेख सहरमा कात्तिक २० देखि मङ्सिर २ गतेसम्म हुने सम्मेलनमा नेपालले ती विषय उठाउने भएको हो ।

खनिज, इन्धन तथा कोइलाको प्रयोगले पृथ्वीको तापक्रम बढ्दै गएको बताइएको छ । वातावरण पत्रकार समूहद्वारा कोप–२७’ बारे शुक्रबार आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्माले सम्मेलनमा उठाउने विषयबारे सरकारले आवश्यक तयारी गरिरहेको बताए । जलवायु  परिवर्तनका  कारण  हुने  अतिवृष्टिबाट उत्पन्न समस्याको प्रभाव मुलुकका ठूला भूभाग र जनसङ्ख्यामा देखिन थालेकाले सम्मेलनमा नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठानुपर्ने देखिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस