aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नेपाल २३ अर्ब ६८ करोडले शोधनान्तर घाटामा

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, ०५ कार्तिक २०७९
नेपाल २३ अर्ब ६८ करोडले शोधनान्तर घाटामा

काठमाडौं । मुलुकको शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा रहेको छ । आयात बढी र निर्यातमा कमी तथा पर्यटक आगमन बढ्न नसकेकाले शोधानान्तर स्थिति घाटामा गएको हो ।अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १८ करोड ५९ लाखले घाटामा रहेको छ ।

मुलुकमा भित्रिने मुद्राभन्दा बाहिरिने बढी भयो भने शोधनान्तर घाटा हुने गर्दछ । यसैगरी मुलुकको चालू खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ६ अर्ब ८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २९ करोड १७ लाखले घाटामा रहेको छ । 

प्रतिक्रिया दिनुहोस