aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

भारतमा अमेरिकामाभन्दा तीन गुणाबढी सुन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०५ कार्तिक २०७९
भारतमा अमेरिकामाभन्दा तीन गुणाबढी सुन

एजेन्सी । आज धनतेरस र यस पर्वमा सुन चाँदी किन्ने चलन छ । विशेष गरी हिन्दू र जैन संस्कृतिमा यसलाई शुभ मान्छन्। यहाँ परापूर्वकालदेखि सुनको पूजा गरिँदै आएको छ । यसलाई सबैभन्दा सुरक्षित लगानी पनि मानिन्छ । यही कारणले गर्दा भारत विश्वमा सुनको दोस्रो ठूलो उपभोक्ता हो। चीन पहिलो नम्बरमा छ ।

यसैबीच, विश्व गोल्ड काउन्सिलको प्रतिवेदनले भारतमा २०१९ मा २५,००० टनभन्दा बढी सुन घरपरिवारमा रहेको र वित्तीय सेवाको ट्रेजरी ब्यूरो विभागको २०२१ को तथ्यांकअनुसार ८,००० टनभन्दा बढी सुन रहेको जनाएको छ। अमेरिकाको सरकारी खजानाभन्दा तीन गुणा बढी सुन धारतका घरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस