aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

जनतासँग भोट माग्ने नेतासँग छैन कुनै लिखित प्रतिवद्धता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ कार्तिक २०७९
जनतासँग भोट माग्ने नेतासँग छैन कुनै लिखित प्रतिवद्धता

काठमाडौं । मङ्सिर ४ गते आउन चार हप्ता मात्रै बाँकी रहँदासम्म राजनीतिक दल र तीनका उम्मेदवारहरूले आफ्ना एजेन्डासहितका लिखित प्रतिबद्धता जनतामाझ पुर्‍याउन सकेका छैनन् । दुवै गठबन्धनमा सामेल ठूला भनिएका राजनीतिक दलहरूले अझै आफ्ना एजेन्डासहितको घोषणापत्र मतदातामाझ पुर्‍याउन नसकेका हुन् ।

ठूला राजनीतिक दलहरूले नै समयमा आफ्नो पार्टीको घोषणापत्र बनाउन नसक्दा उम्मेदवारहरू मतदातामाझ एजेन्डाविहीन बनेका हुन् । स्थानीय स्तरमा भए गरेका र चुनावपछि गर्ने कामहरूका बारेमा जनतालाई मौखिक रूपमा बुझाउने गरे पनि पार्टी लिखित दस्तावेज नभएपछि आफ्ना एजेन्डाहरू प्रभावकारी हुन सकेका छैनन् । 

अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी, राप्रपालगायत दलहरूले नै चुनावी अभियानमा जनतालाई देखाउने लिखित प्रतिबद्धतापत्र तयार पार्न भ्याएका छैनन् । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस