aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सांसद जित्ने टुंगो छैन, दलको नेता छान्न हतार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ कार्तिक २०७९
सांसद जित्ने टुंगो छैन, दलको नेता छान्न हतार

काठमाडौं । केहि महिना अघि मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामि मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कति सिट जित्छ थाहा छैन् तर, ससदिय दलको नेता छान्नका लागि पार्टीका नेताहरुलाई भ्याइ नभ्याई भरहेको छ । रवि लामिछाने नेतृत्वको रहेको उक्त पार्टीले संसदीय दलको नेताका लागि उम्मेदवारी आह्वान गरेको छ ।

पार्टीले जारी गरेको सूचनामा समानुपातिक र प्रत्यक्ष उम्मेदवारहरुले ७ कात्तिकको साँझ ५ बजेसम्म आवेदन दिनसक्ने उल्लेख छ । पार्टीको विधानको धारा ७२(१) अनुसार  निर्वाचन गर्न लागिएको रास्वपाका प्रवक्ता डा मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस