काठमाडौं । पर्यटन मन्त्री बन्दा विवादमा परेका प्रेम आलेलाई उनको निर्वाचन क्षेत्र डोटीमा नेपाली कांग्रेसका विद्रोह उम्मेदवार नरेन्द्र खड्का भारी बन्दै गएका छन् । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको डोटीमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता आले उम्मेदवार छन् । उनलाई नेकपा एमालेसहित विभिन्न दलबाट ३ र स्वतन्त्र २ उम्मेदवारले चुनौती दिँदैछन् ।
स्वतन्त्र उम्मेदवार खड्का २०२९ सालमा डोटीको गैरागाउँमा जन्मिएका खड्का शिक्षा आर्जनपछि गाउँकै एक विद्यालयमा शिक्षक हुन । तत्कालिन सशस्त्र युद्धका बेलामा माओवादीसँग ठूलो संघर्ष गरेका व्यक्ति हुन । त्यस बेला उनलाई माओवादीले गाउँबाट लखेटे । सुरक्षित स्थान खोज्दै दिपायलमा व्यवसाय शुरु गरेर उनी डोटी उद्योग वाणिज्य संघको महासचिव पदसम्म पनि पुगेका थिए ।
यही क्रममा खड्काले अगुवाइ गरेर डोटीको औद्योगिक विकास, पर्यटन विकास, कृषि क्षेत्रको प्रवर्द्धन, युवा तथा खेलकुदको विकासका लागि काम गरेका छन् । यस्ता सामाजिक काममा उनले आफ्नो मेहनत प्रदर्शन गरेर स्थानीयस्तरमा लोकप्रियता कमाएका छन् ।तर, गठबन्दनले उनलाई योग्य नेताका रुपमा उम्मेदवार बनाउन नसक्दा उनले आफ्नै पार्टीको निर्णय विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस