aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नक्कली नोट सहित ५ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ कार्तिक २०७९
नक्कली नोट सहित ५ जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी ओरालोबाट १ हजार दरको ११ थान नक्कली नोट सहित गोकर्णेश्वर नगरपालिका ८ बेशीगाउँ बस्ने ३१ वर्षीया दुर्गा महर्जन लगायत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा नक्कली (जालीनोट) कारोबार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त नक्कली नोट बरामद गरको हो ।

साथै उनीहरुको साथबाट १ हजार दरको ३६ थान र ५ सय दरको ९७ थान समेत गरी जम्मा ८४ हजार ५ सय रूपैयाँ सक्कली नोट समेत प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस