
एजेन्सी । बेलायतका पूर्व अर्थमन्त्री ऋषि सुनक बेलायतको आगामी प्रधानमन्त्री बन्ने दौडमा छन् । उनी कन्जरभेटिभ पार्टीका नेता समेत हुन । लिज ट्रसले राजीनामा दिएपछि ऋषिले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने अनुमान गरिएको हो । आफ्नो उम्मेदवारी घोषणा गर्दै, सुनकले आइतबार एक ट्वीटमा लेखे, ‘युनाइटेड किंगडम एक महान देश हो तर हामी गहिरो आर्थिक संकटको सामना गरिरहेका छौं ।’
सुनकले आफूले देशको अर्थतन्त्र ठीक र पार्टीलाई एकताबद्ध राख्न सक्ने बताए । उनले २०१९ को घोषणापत्रमा गरेका वाचा पूरा गर्नुपर्नेमा जोड दिए । सुनकले आफ्नो कार्यकालमा सरकार हरेक तहमा इमान्दार, व्यावसायिक र जवाफदेही हुने बताए । लिज ट्रसले अक्टोबर २० मा प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन्। अन्य कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी पुष्टि गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस