काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापालाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन । उनले आफ्ना मतदातालाई निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा दिने चुनावी आस्वासन दिएरको आयोगको आरोप छ ।
थापाले आफ्नो टिव्टरमा यस्तो व्यहोराको चुनावी आस्वास दिएर लेखेका छन, ‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ र तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर एसएमएस गर्नु हुन अनुरोध छ । ’
प्रतिक्रिया दिनुहोस