aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

शर्माद्वारा विश्व रेकर्ड कायम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ कार्तिक २०७९
शर्माद्वारा विश्व रेकर्ड कायम

काठमाडौं । अर्पण शर्माले स्मरण शक्तिका विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन । विश्व कीर्तिमानको प्रमाणपत्र लन्डनको ‘वल्र्ड बुक अफ रेकर्ड’ को कार्यालयबाट नेपाल आएलगत्तै उक्त रेकर्ड सार्वजनिक भएको हो । पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी ओलीले आइतबार शर्मालाई बधाई दिँदै नयाँ विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे । 

‘मेमोरी किङ’  को नामले परिचित शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर रचेको उक्त  विश्व कीर्तिमान कायम गरेका हुन । उनले भने, “ध्यान, साधना र मेमोरी टेक्निकलले यो सम्भव भएको हो ।” उनले यसअघि सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर विश्व कृतिमान कायम गरेका थिए । भेटमा पूर्वप्रधानमन्त्री ओलीले यो कसरी सम्भव छ भन्नेबारेमा प्रश्न गर्नुभएको उल्लेख गर्दै उनले भने, “मैले ध्यान र साधनाबाट गर्न सकिने मैले बताए, उहाँले अर्को सफलताका लागि शुभकामना दिनुभयो ।”

उनले विश्व रेकर्डको प्रमाणपत्र सम्पूर्ण नेपालीको सफलता  भएको आफूलाई महसुस  भएको र आगामी दिनमा अझै वल्र्ड रेकर्ड राखेर नेपालको नाम विश्वसामु फैलाउने प्रयोगमा लाग्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस