aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आचारसंहिता उलंघन गर्नेमा गठबन्धन एक नम्बरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ कार्तिक २०७९
आचारसंहिता उलंघन गर्नेमा गठबन्धन एक नम्बरमा

काठमाडौं । निर्वाचन आचारसंहिता उलंघन गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा अग्रपंतिमा देखिएका छन् । निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दलका नेताहरुलाई हवाईजहाज वा हेलिकोप्टर प्रयोग गर्न रोक लगाएको छ । तर,  आइतबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, रामचन्द्र पौडेललगायतका नेता नेपाली सेनाको जहाज लिएर धनगढी र सुर्खेत पुगेका थिए । 

काठमाडौंबाट नियमित  उडान हुने स्थानमा समेत प्रधानमन्त्रीसहितका गठबन्धन नेताहरु सेनाको हेलिकोप्टर र जहाज लिएर गएपछि चिर्वाचन आरसंहिता उलंघनमा गठबन्धनका नेताहरु नै अघि देखिएका हुन । 

प्रतिक्रिया दिनुहोस