aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

घोराहीमा फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षतिको अनुमान

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, ०८ कार्तिक २०७९
घोराहीमा फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षतिको अनुमान

घोराही । दाङको घोराहीमा फर्निचर उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । घोराही उपमहानगरपालिका–१५ उमेश मार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएका छन् ।

न्यु दाजुभाइ फर्निचर उद्योग, दाजुभाइ फर्निचर उद्योग र स्टार दाजुभाइ उद्योग गरी तीन वटा फर्निचर उद्योगमा आगलागी भएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख एवं प्रहरी निरीक्षक गजेन्द्र शाहीले जानकारी दिएका छन् । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । प्रहरीका अनुसार राति करिब १२ बजेतिर लागेको आगो बिहान साढे ४ बजे नियन्त्रणमा आएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । 

तिहारमा लक्ष्मीपूजामा बालिएको बत्तीका कारण आगलागी भएको हुन सक्ने आशङ्का गरिएको छ । 

प्रतिक्रिया दिनुहोस