काठमाडौं । विश्वभर दीपावली मनाइँदैछ । यस पर्वमा लक्ष्मीको पूजा गरिन्छ । नेपाल र भारतमा जहाँ लक्ष्मीका आठ रूपको पूजा गरिन्छ । त्यहाँ विश्वभर लक्ष्मीका अनगिन्ती रूप छन् । संस्कृति अनुसार आस्था बदलिन्छ तर परिवर्तन नहुने कुरा हा लक्ष्मीको सुख र समृद्धिको सम्बन्ध ।
यहाँ विश्वका दश देशमा देवी लक्ष्मीका विभिन्न रूपहरूको बारेमा जानकारी दिइरहेका छौं । विशेष कुरा धर्म र परम्परा रहेको नेपाल, भारत र श्रीलंका जस्ता छिमेकी राष्ट्रहरू समावेश छैनन् । त्यसोभए रोमदेखि डेनमार्क र ग्रीसदेखि चीनसम्म लक्ष्मीको पूजा कसरी गरिन्छ ?

ग्रीकमा लक्ष्मीलाई हेरा र जुनोको नामले पुकारिन्छ । ग्रीक परम्परा अनुसार हेरो र जुनोले खेतमा भारी भराउ गर्छिन भन्ने कथन रहेको छ । हिन्दुधर्ममा लक्ष्मीको बहान उल्लु रहेको छ भने हेरो र जुनोको बहान मयुरमा बसेकी हुन्छिन् ।

त्यस्तै, इटालीको रोम सभ्याता अनुसार एक पटक लक्ष्मी रिसाएका कारण त्यहा खेती भएन । त्यसपछि देवीको पुजा गरेपछि मात्र लक्ष्मी खुशी भएपछि अन्न उत्पादन राम्रो भएको मानिन्छ । रोममा देबीलाई सीरिनको नामले पुजिन्छ ।

त्यस्तै मानव सभ्याताका धेरै प्रमाण भएको इजिप्ट(मिश्र) सभ्यातामा लक्ष्मीले मानव जिवनमा समृद्धि ल्याउछिन् भन्ने मान्यता रहेको छ । इजिप्तमा हातमा सर्प लिएकी वेदीलाई आइसिसका नाममले पुजिन्छ ।

चीनमा शि वाँन्ग मूलाई सौभाग्यको प्रतिकका रुपमा लिइन्छ । चीनियाँ सभ्याता अनुसार शी वान्गु मू एक दयालु रानी थिइन । पछि उनलाई नै देवीका रुपमा पुन्न थालियो । चिनमा गुड लकका लागि यी देवीको पुजा गरिन्छ ।

जापानमा किचिजाई देवीका रुपमा पुजिन्छ । जापानमा आर्थिक रुपमा समृद्ध बन्नका लागि देवी किचिजाईको पुजा गरिन्छ । जापानीज भाषामा किचिजाईको मलतब लक्ष्मी हुन्छ ।

त्यस्तै .विश्वमा सबैभन्दा धेरै दूध उत्पादन गर्ने देश डेनमार्कमा गेफियाँनलाई लक्ष्मीका रुपमा मानिन्छ । इटालीमा युरोपको पुरानो संस्कृति भएको देशमा लक्ष्मीका रुपमा फाँर्चूनालाई पुजिन्छ । फाँर्चूनालाई सौभाग्यको प्रतिकका रुपमा पुजा गर्नेगरिन्छ ।

त्यस्तै,फ्रान्समा लक्ष्मी देवीका रुपमा गाँडेस फ्लोरालाई मानिन्छ । त्यसैले फ्रान्समा देवीलाई खुशी बनाउनका लागि महिलाहरुले कमालमा फूल लगाउने गर्दथे । इन्डोनेसियामा देवी श्रीलाई कृषि देवीका रुपमा मानिन्छ ।
इन्डोनएसियामा राम्रो खेतीका लागि देवी श्रीको पुजा गर्ने गरिन्छ । त्यस्तै थाइल्याण्डमा माय फोसोपलाई लक्ष्मी देवीका रुपमा पुजा गरिन्छ । थाइल्याण्डमा फोसोप देवीले आफ्ना भक्तजनको भोजन र दूध उपलब्ध गराउन विश्वस गरिन्छ ।


प्रतिक्रिया दिनुहोस