aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ कार्तिक २०७९
जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ

काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१७ अलौमा जुवातास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय लक्ष्मी सहनी समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय  र प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार १ सय ९० रूपैयाँ  र १ सेट कौडा सहित पक्राउ  गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ नवलपुर बस्ने बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवातास  खेलिरहेको अवस्थामा ३३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त ग्यारेजाम जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थाई प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार रुपैयाँ, कौडा १३ थान र तास १३ बुक सहित पक्राउ गरेको हो । साथै प्रहरीलाई अभद्र व्यवहार गर्ने १ जना महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस