aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ कार्तिक २०७९
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । पाँचथर, तुम्बेवा गाउँपालिका-३ बिजुली भन्ञ्याङस्थित सडकमा मे.७ प ५४९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३० वर्षीय रण बहादुर सम्बहाम्फेको घटनास्थलमै मृत्यु भएको छ । 

रामेछाप, मन्थली नगरपालिका-१४ फुलासी पोखरीस्थित सडकमा प्रदेश ०१-००६ ख २२९५ नम्बरको बसले किचेर सोही बसमा सवार मन्थली नगरपालिका-१४ फुलासी बस्ने ५० वर्षीया चन्द्र कुमारी परियारको सोमबार दिउँसो मृत्यु भएको छ । यात्रुहरु झारी अगाडी बढाउने क्रममा उक्त बसबाट झरेकी उनलाई  सोही बसले किच्दा घटनास्थलमै मृत्यु भएको हो । 

रूपन्देही, सैनामैना नगरपालिका-५ बुद्धनगरमा लु.४९ प  ४८६४ नम्बरको मोटरसाइकल र लु=५७ प १८३७ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बुटवल उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय मोहन मगरको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कटुरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
बारा, देवताल गाउँपालिका-७ पिपडाँडीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका-६ बस्ने ७० वर्षीया श्रीपती देवी यादवको सोमबार साँझ मृत्यु भएको छ  । ठक्करबाट गम्भीर घाइते भएकी उनको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल मोटरसाइकल सहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दार्चुला, ब्यास गाउँपालिका-५ धौलाकोटस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०२ ००१ त १४४७ नम्बरको ट्याक्टर सडकबाट पल्टिएर मंगलबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका-४ दोकट बस्ने ४५ वर्षीय देवान सिंह बिष्टको घटनास्थलमै मृत्यु भएको छ । 
 

प्रतिक्रिया दिनुहोस