aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

हिमाल दोलखाको आइपीओ बाँडफाँट, लाै हेर्नुहाेस रिजल्ट सहित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
हिमाल दोलखाको आइपीओ बाँडफाँट, लाै हेर्नुहाेस रिजल्ट सहित

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । यसमा सबै आवेदकले मागेजति सेयर पाएका छन् । रिजल्ट हेर्न चाहेमा https://aarthiknews.com/ipo-result मा क्लिक गरि कम्पनी छानेर डिम्याट खाता भरी सर्च गर्न सक्नुहुनेछ ।

 सर्वसाधारणतर्फ ७२ हजार ३४५ जनाले मागे जति सेयर पाएका छन् । सेयर भरेका मध्ये प्रक्रिया नपुगेकाले २ हजार ५५ जना भने अयोग्य ठहरिएका छन् । उनीहरुले भने सेयर पाउनेछैनन् । बिक्री प्रबन्धक ग्लोल आइएमई क्यापिटलका अनुसार कुल ७४ हजार ४४० जनाले ३३ लाख ७८ हजार ६३० कित्तामा आवेदन दिएकामा ७२ हजार ३४५ जना आवेदक मात्र सेयर पाउन योग्य भएका हुन् । उनीहरुले कुल ३१ लाख ५६० कित्ता सेयर पाएका छन् । 

आइपीओ सबै बिकेन । यसर्थ, आवेदन दिएका सबैले मागे जति पाएका हुन् । हिमाल दोलखाले असार २५ देखि आइपीओ खुला गरेको थियो । यो आइपीओ भर्ने म्याद लम्बिएर साउन २४ गतेसम्म पुगेको थियो । पछि कम्पनीका सञ्चालक तथा प्रबन्धकहरुलाई समेत भर्न दिइएको थियो । सबै नबिकेपछि बाँकी सेयर अन्डरराइटरले स्वीकारेका छन् । हिमाल दोलखाले सर्वसाधारणका लागि ७४ लाख ९३ हजार ७६६ कित्ता आइपीओ खुला गरेको हो ।

यस कम्पनीले सर्वसाधारणमा कुल ७६ लाख ७२ हजार २१० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये १ लाख ५३ हजार ४४४ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको हो । २५ हजार कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको थियो । हिमाल दोलखाले इलाम जिल्लामा दुई वटा आयोजना निर्माण गरिरहेको छ ।

जसमा माई खोला साना जलविद्युत ४.५ मेगावाट र माई खोला क्यास्केड जलविद्युत ८ मेगावाट छन् ।  माई साना जलविद्युतको कुल लागत ७२ करोड ५१ लाख ४९ हजार ९४२ रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ हजार ४३१ रुपैयाँ हुन आउँछ । यस्तै, माई खोला क्यास्केडको कुल लागत १ अर्ब ४२ करोड ४७ लाख ३ हजार ८६७ रुपैयाँ छ ।

यसको प्रतिमेगावट लागत १७ करोड ८० लाख ८७ हजार ९८३ रुपैयाँ पर्छ । हिमाल दोलखाले आइपीओ बिक्री गरी चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ पुर्याउनेछ । कम्पनीले आव २०७६।७७ सम्ममा १२ करोड १२ लाख र आव २०७७।७८ मा १४ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाउने अनुमान गरेको छ । 

प्रतिक्रिया दिनुहोस