aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

डेंगु संक्रमीत पत्रकार रानाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ कार्तिक २०७९
डेंगु संक्रमीत  पत्रकार रानाको मृत्यु

भैरहवा । दुई सातघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत स्याङजा पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ ।  स्याङजाको कालिगण्डकी गाउँपालिका ३ बिर्घा स्थायी घर भएका ४८ वर्षीय रानाको आज बिहान मृत्यु भएको परिपारले जनाएको छ  । 

बुटवलको रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वकार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरेका थिए ।

स्वर्गीय रानाले दुई दशक लामो पत्रकारितामा निश्कलंक र स्वच्छ छवि बनाएका थिए । केही वर्ष अघि क्यान्सरका कारण श्रीमती गुमाएका रानाका दुई छोरी र एक छोरा छन् । घरको आर्थिक अवस्था कमजोर भएका रानाको मृत्युसँगै तीनजना छोराछोरीको पालनपोषण र शिक्षा दिक्षामा चुनौती थपिएको छ।

प्रतिक्रिया दिनुहोस