aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ कार्तिक २०७९
अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

काठमाडौं । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-६ गदरही बस्ने १९ वर्षीय प्रबेश चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ  पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
 
झापा, अर्जुनधारा नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय दिनेश दर्जी र ३८ वर्षीय राजकुमार कार्की रहेका छन् । 

सोही नगरपालिका-११ चिया बगान क्वाटरस्थित लागूऔषधको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस