aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ कार्तिक २०७९
जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा बस्ने यमुना पराजुलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय बिनित सुबेदी समेत २३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३१ हजार ९ सय ५० रूपैयाँ र १ सेट कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस