aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

महोत्तरीको भंगहामा अनिश्चितकालिन कर्फ्यू आदेश जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० कार्तिक २०७९
महोत्तरीको भंगहामा अनिश्चितकालिन कर्फ्यू आदेश जारी

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका-८ मा प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । हिन्दू सम्राट सेनाको शोभायात्रा निकालेको बेला झडप भएपछि सम्भावित झडापलाई रोक्न  प्रहरीले कर्फ्यू आदेश जारी गरेको हो ‌। विहीबार भिड नियन्त्रणमा लिन ठूलो संख्यामा रहेका प्रहरीले दर्जनौं सेल आसुग्यांस र हवाई फायर गरेको थियो ‌। तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले दिउसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । आदेशको वर्खिलाप भएमा कानून बमोजिम कडा कारवाही हुने चेतावनी समेत दिइएको छ ‌।

दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुर भन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नपा वडा नं १ बगडा चौक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकोको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ ‌।

प्रतिक्रिया दिनुहोस