aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

नेपाल मेडिकल काउन्सिलद्धारा सिट निर्धारण प्रथा अन्त्य

  • रासस
    रासस
  • विहीबार, ०५ भदौ २०७६
नेपाल मेडिकल काउन्सिलद्धारा सिट निर्धारण प्रथा अन्त्य

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आगामी शैक्षिक सत्रदेखि एमडी इन जनरल प्राक्टिस (एमडिजिपी) का लागि अन्य विषयका विभागलाई गणना गरेर सिट निर्धारण गर्ने परम्पराको अन्त्य गरेको छ । 

 ‘एमडी जनरल प्राक्टिस’ विषयमा भर्ना गर्दा अन्य विभागलाई देखाएर विद्यार्थी भर्ना गर्ने यसअघि परम्परा रही आएको थियो । काउन्सिलका रजिष्ट्रार डा दिलीप शर्माले अन्य विषयका विभागलाई देखाएर विद्यार्थी भर्ना गर्न पाउने प्रावधान खारेज गर्ने निर्णय गरिएको जानकारी दिए । 

उनले भने, “शल्यचिकित्सा, स्त्रीरोग, बालरोग, हाडजोर्नीलगायत विभाग देखाएर एमडीजिपी विषयमा विद्यार्थी भर्ना हुने परम्पार थियो  । यसलाई खारेज गरेका छौँ । आगामी शैक्षिकसत्रदेखि एमडिजिपीकै विभाग अनिवार्य गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस