aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

कलंकी-चाबहिल सडक खण्ड विस्तार हुन हिउँद कुर्नुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ भदौ २०७६
कलंकी-चाबहिल सडक खण्ड विस्तार हुन हिउँद कुर्नुपर्ने

काठमाडौं । सरकारले चक्रपथअन्तर्गत पर्ने कलंकी-चाबहिल सडक खण्डको काम माघमा सुरु गर्ने भएको छ ।

पहिलो चरणमा रुख काट्ने सडक क्षेत्र अतिक्रमण गरी बसेका घर टहरा र वबजुलीका पोल हटाउने काम सकिएपछि चीन सरकारले सडकको निर्माण अघि बढाउने चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए ।
 

केही दिनभित्रै २ हजार ५७ रुख काट्न सुरु गरिनेछ ।  'टेण्डर भइसकेको छ , अब काम सुरु हुन्छ' उनले भने, 'केही दिन भित्र रुख काट्न थाल्छौ । चक्रपथ भित्र करिब १ हजार ५६ र बाहिर ९ सय ९० वटा विभिन्न जातका रुख काट्नु पर्नेछ ।' यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस