aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

छठमा ब्रत बस्ने महिलाले नाकसम्म लामो सिन्दूर किन लगाउँछन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ कार्तिक २०७९
छठमा ब्रत बस्ने महिलाले नाकसम्म लामो सिन्दूर किन लगाउँछन् ?

काठमाडौं । यस वर्ष महापर्व छठ सुरु भएको छ । चार दिनसम्म चल्ने यो पर्वको मानिसहरुमा विशेष महत्व रहेको छ । छठमा व्रत बस्ने महिलाले ३६ घण्टा व्रत बस्छन् । छठ पूजामा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ । यस पुजामा व्रत बस्ने महिलाले नाकसम्म सिन्दुर लगाउँछन् जसको पनि निकै महत्व छ ।

वास्तवमा छठ पूजामा महिलाहरु आफ्नो शुखद दापत्य जीवन र सन्तानको शुभ कामनाका लागि ३६ घण्टा व्रत बस्छन् । छठ पूजामा विधिपूर्वक पूजा गर्नुका साथै लामो सिन्दुर लगाउनको पनि ठूलो महत्व मानिन्छ । यही कारणले गर्दा यस दिन महिलाहरूले लामो सिन्दुर लगाएको देखिन्छ।

छठ पूजामा व्रत बस्ने महिलाले पूर्ण मेकअप गर्छन् । आफ्नो श्रृंगार पूरा गर्न उनी नाकसम्म सिंदूर पनि लगाउँछिन् । यस्तो अवस्थामा धेरैको मनमा प्रश्न उठ्छ  यसको पछाडि के विश्वास छ । छठ पूजामा महिलाले नाकदेखि माङसम्म लामो सिन्दुर लगाउँछन् । सिउदोमा लामो सिन्दूर भर्दा श्रीमानको आयु लामो हुने जनविश्वास छ । विवाहित महिलाले सिन्दुर लामो र सबैलाई देखिने गरी लगाउने भनिन्छ । निधारबाट सुरु गरेर यो सिन्दूर माग भएसम्म भर्नुपर्छ । छठको शुभ अवसरमा व्रत बस्ने महिलाले पतिको दीर्घायुको लागि नाकसम्म सिँदूर लगाउँछन् ।

निधारमा सिन्दुर लगाउनका लागि केही विशेष नियम पनि बताइएका छन् । भनिन्छ, महिलाले नुहाएर पहिले सिन्दुर लगाउछन । यसबाहेक विवाहित महिलाहरूले आफ्नो सिउदोलाई कहिल्यै खाली राख्नु हुँदैन। सिन्दुर जति लामो हुन्छ, पतिको आयु पनि त्यति लामो हुने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस