aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

महोत्तरीको भंगहाको झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच ८ बुँदे सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ कार्तिक २०७९
महोत्तरीको भंगहाको झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच ८ बुँदे सहमति

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका ८ मा भएको झडपबारे ८ बुँदे सहमति भएको छ । संलग्न समुदाय र स्थानीय प्रशासनबीच ८ बुँदे सहमति भएको हो । 

हिन्दू सम्राट सेनाको शोभायात्रा निकालेको बेला झडप भएपछि सम्भावित झडापलाई रोक्न  प्रहरीले कर्फ्यू आदेश जारी गरेको थियो । विहीबार भिड नियन्त्रणमा लिन ठूलो संख्यामा रहेका प्रहरीले दर्जनौं सेल आसुग्यांस र हवाई फायर गरेको थियो ‌। तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । 

झडपमा घाइतेको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको छ । यसका साथै असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न घटनामा सम्बद्ध दुबै पक्षलाई र आम नागरिकलाई आह्वान गर्ने सहमति भएको छ ।  

त्यस्तै, घटनाको छानबिनका लागि उच्चस्तरीय टोली गठन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने, क्षतिपूर्तिको लागि सिफारिस गर्न टोली गठन गर्ने, घटनामा संलग्न दोषी पत्ता लगाई कानुनी प्रक्रिया अघि बढाउने र झडप भएको क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न र्याली निकाल्ने सहमति भएको छ । 

प्रतिक्रिया दिनुहोस