aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

रिसोर्टमा जुवातास खेलिरहेका १८ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ कार्तिक २०७९
रिसोर्टमा जुवातास खेलिरहेका १८ जना पक्राउ

काठमाडौं । रिसोर्टमा जुवातास खेलिरहेका १८ जना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका ७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्ट प्रालि भित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ८ बस्ने ३१ वर्षीय सुरेन्द्र बिष्ट समेत १८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  

उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८२ हजार ५ सय ९५ रूपैयाँ, १५ बुक तास र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस