aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

विभिन्न ठाउँमा आगलागी हुँदा डेढ करोडको धनमाल जलेर नष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ कार्तिक २०७९
विभिन्न ठाउँमा आगलागी हुँदा डेढ करोडको धनमाल जलेर नष्ट

काठमाडौं । विभिन्न ठाउँमा आगलागी हुँदा डेढ करोडको धनमाल जलेर नष्ट भएको छ । मकवानपुर, रौतहट, झापा र ताप्लेजुङमा आगलागी हुँदा उक्त बराबरको धनमाल जलेर नष्ट भएको हो ।  

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० बसपार्कस्थित मिना साहको नास्ता पसलमा बिद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी नास्ता पसल पूर्ण रूपमा तथा उक्त पसलसंगै रहेका ३ वटा तरकारी पसल समेत जलेर करिब ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।  

त्यस्तै, रौतहटको बौधिमाई नगरपालिका ७ बंकुल बस्ने नेक महमदको घरमा बिद्युत सर्ट भई बिहीबार साँझ आगलागी हुदाँ घर तथा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडाकुडा, फर्निचर लगायतका सरसामान जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यस्तै, झापाको दमक नगरपालिका ६ बेल्डागी रोडस्थित रोसन भण्डारीको कपडा पसलमा बिद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब ८० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ भने ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ७ सुरुङ्खिम बस्ने भिस्मराज खुदाई लिम्बुको घरमा बिहीबार बिहान आगलागी हुँदा घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा। भाँडावर्तन लगायतका सरसामान जलेर करिब १८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरीले स्थानीय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरेहको छ ।  
 

प्रतिक्रिया दिनुहोस