भक्तपुर । एक गाई फार्मबाट नगदसहित सुनका गहना चोरी भएको छ । सूर्यविनायक नगरपालिका ४ हर्षचोक बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका ७ घर भएका ३८ वर्षीय जुगल दास दंगालको गाई फर्मबाट नगद, सुनको गरगहना लगायत अन्य सरसामान गरी करिब ४ लाख ७३ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस