ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खानाखर्चवापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका छन् ।
खाजाखानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् । मानेभञ्ज्याङ गाउँपालिकाले खानाबापत २० लाख १४ हजार ८७ रुपैयाँ खर्च गरेको छ ।
गाउँपालिका अध्यक्ष मोतीराज राईले टाढाका जनप्रतिनिधि र कर्मचारीले बैठक तथा ऐनकानुन र कार्यविधि निर्माण गर्दा बसोबास तथा खाना खर्च भएको हुन सक्ने बताए। उनले भने, 'सुरुका चरणमा एक/दुई महिना लगातार बैठक र कानुन निर्माण गर्ने काममा जनप्रतिनिधि र कर्मचारी खटिएका थिए। त्यसबेला खाना खाजा खाएका होलान्, यस्तो खर्चबारे मैले कर्मचारी संग सोध्दा पनि यहि बताए ।'
चिसंखुगढी गाउँपालिकाले ३ लाख ६७ हजार २० रुपैयाँ खानाखाजामा खर्चेको छ । सिद्धिचरण नगरपालिकाले १८ लाख ६९ हजार ५१० रुपैया खर्चेको छ ।खिजीदेम्बा गाउँपालिकाको खाजा खर्च १८ लाख १९ हजार ५५५ र १ लाख रुपैयाँ गरी १९ लाख १९ हजार ५५५ खर्च देखिाएको छ ।
चम्पादेवी गाउँपालिकाले ११ लाख ३४ हजार ६६ रुपैयाँ र सुनकोशी गाउँपालिकाले ६ लाख८१ हजार ३ सय ५१ रुपैयाँ खाना तथा खाजामा मात्रै अनियमिता गरेको पाइएको हो । यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।
प्रतिक्रिया दिनुहोस