aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कांग्रेसको सङ्कल्प पत्र शनिबार सार्वजनिक गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ कार्तिक २०७९
कांग्रेसको सङ्कल्प पत्र शनिबार सार्वजनिक गरिने

काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र शनिबार सार्वजनिक गर्ने जनाएको छ ।
 
सो सङ्कल्प पत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कात्तिक १२ गते बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस