aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

लाखौँ नगदसहित १८ जुवाडे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ कार्तिक २०७९
लाखौँ नगदसहित १८ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका–७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही नगरपालिका–८ बस्ने ३१ वर्षीय सुरेन्द्र विष्टसहित १८ जना रहेका छन् । 

उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु तीन लाख ८२ हजारसहित १५ बुक तास र १६ थान कौडासहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गएराति भएको उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस