aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

महाकाली पारीबाट भारतीयले जिलेटिन विस्फोट गराउँदा एक नेपालीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ कार्तिक २०७९
महाकाली पारीबाट भारतीयले जिलेटिन विस्फोट गराउँदा एक नेपालीको मृत्यु

काठमाडौं । भारतले महाकाली पारी निर्माण लागि जिलेटिन विस्फोट गराउँदा एक नेपालीको मृत्यु भएको छ । भारतीयले सडक निर्माणका लागि  जिलेटिन विस्फोट गराउदा महाकाली वारी नेपालीको मृत्यु भएको हो । भारतले सडक निर्माणका लागि जिलेट विस्फोट गराउँदा उछिट्टिएर आएको ढुङ्गाले लागेर नेपाली भूमिमा रहेका एक बालकको मृत्यु भएको हो ।

दार्जुला जिल्ला प्रहरी कार्यालय अनुसार महाकाली वारी व्याँस गाउँपालिका–२ तम्पाकुका १२ वर्षीय पवन महराको भारतीय पक्षको लापरबाहीका कारण मृत्यु भएको हो । भारत धार्चुलाको लखिमपुरस्थित सडक निर्माण गरिरहेको छ । उक्त क्षेत्रमा संलग्न गर्ग एन्ड गर्ग कम्पनीले पहरा फुटाउन जिलेटिन विस्फोट गराएको थियो । भारतीय कम्पनीले नेपाली पक्षलाई विना जानकारी विस्फोट गराउँदा बालकको ज्यान गएको स्थानीयको भनाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस