aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

कालिकोटमा बम विस्फोट, तीन जना बालिकाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ कार्तिक २०७९
कालिकोटमा बम विस्फोट, तीन जना बालिकाको मृत्यु

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका १० रानावाडाको कोदोबारीमा बम बिस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ । उक्त विस्फोटमा ३ जना घाइते भएका छन् । नगरपालिका १० रानावाडा ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । 

गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका-१०  रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस