aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ कार्तिक २०७९
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

काठमाडौं । महोत्तरी, सोनमा गाउँपालिका-७ सुन्दरपुरस्थित सडकमा ज.११ प ९० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया फेकनी देवीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना.७ ख ५८०५ नम्बरको बसमा बा.प्र ०३-०४ प ८९७८ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६ हटिया टोल बस्ने ४५ वर्षीया होमा थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि अल्पाईन अस्पताल सिमरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-११ मुग्लाहस्थित सडकमा बा १९ च ५३६६ नम्बरको बोलेरो गाडीको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-६ तर्कुल्लाह बस्ने ७२ वर्षीय कुबेरनाथ कहारको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सुनसरी, ईटहरी उपमहानगरपालिका(१० स्थित सडकमा प्रदेश १ .०२.०४१ प ४४११ नम्बरको मोटरसाइकल र को ४ प १४१० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा दुवै मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल चालक मोरङ विराटनगर महानगरपालिका टंकी बस्ने ४६ वर्षीय ओझराज लुईटेल, को.४ प १४१० नम्बरको मोटरसाइकल चालक सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ४० वर्षीय राजन  राई र सोही मोटरसाइकलमा सवार ३२ वर्षीय रामु राईको आर्यन न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

ईलाम, सूर्योदय नगरपालिका-९ फिक्कल पशुपतिनगरस्थित सडकमा प्रदेश १.०१.०१३ प ८०१३ नम्बरको मोटरसाइकल सडकको छेउमा रोकी राखेको बाटो पिच गर्ने मिक्स्चरमा ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ बस्ने ३५ वर्षीय दिनेश राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यसैगरी ईलाम, ईलाम नगरपालिका-१० सिलपुरस्थित सडकमा प्रदेश १.०३.००१ च ००२० नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा गाडीमा सवार माईजोगमाई गाउँपालिका-४ बस्ने ५१ वर्षीय पदम देवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईलाममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मोरङ, ग्रामथान गाउँपालिका(५ बांगेचोकस्थित सडकमा प्र।१(०१(०१३ प ८०१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा चालक पथरी शनिश्चरे नगरपालिका(७ बस्ने २० वर्षीय सनम थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका(३ घण्टेस्थित सडकमा ना.५१ प ७६३९ नम्बरको मोटरसाइकल र ना ३३ प ४७६० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा ना.३३ प ४७६० नम्बरको मोटरसाइकल चालक हरिहरपुरगढी गाउँपालिका(३ बस्ने ५० वर्षीय विश्व कुमार श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पतालमा हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । ना ५१ प ७६३९ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस