aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ कार्तिक २०७९
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । पर्वत, कुश्मा नगरपालिका-१३ खौलालाकुरी बस्ने ४८ वर्षीय धन बहादुर कुँवरको किराना पसलमा शुक्रबार राति  आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-५ ढुंग्रेछाप बस्ने लोक बहादुर रायमाझीको घरमा रहेको किराना पसल, मासु पसल, कस्मेटिक पसलमा गएराति आगलागी हुँदा करिब १२ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस