काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी डा तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा कार्कीको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको हो ।
डा. कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको र उक्त उजुरी प्रति अनुसन्धान गर्दा नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको हो ।
कार्यालयले यसबारे निर्णय गर्न आयोगलाई पत्रचार गर्यो । आयोगले मेडिकल काउन्सिललाई डा कार्की बहाल रहेको सदस्य पद लाभको भए नभएको भनेर जानकारी मागेको थियो ।

प्रतिक्रिया दिनुहोस