aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नक्कली नोटसहित एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ कार्तिक २०७९
नक्कली नोटसहित एक जना पक्राउ

रौतहट । नेपाली नक्कली नोटसहित प्रहरीले रौतहटको गौरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गौरको गौर नगरपालिका ४ टिकुलियाका जयप्रकाश साह रहेका छन् । साह गौर बजारमा ठेला व्यवसाय गर्दै आएका छन् ।

शनिवार दिउसो गौरस्थित पेट्रोल पम्पमा नक्कली नोट दिएर पेट्रोल खरिद गरिरहेको सूचनाको आधारमा प्रहरीले साहलाई पक्राउ गरेको थियो । उनको साथबाट ३ थान नेपाली हजारको नक्कली नोट बरामद गरिएको रौतहट प्रहरीले जनाएको छ ।

साहलाई नियन्त्रणमा लिएलगतै टिकुलियास्थित उनको घरमा समेत खानतलासी गरिएको थियो । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस