aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

मनकामना आउँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ कार्तिक २०७९
मनकामना आउँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । पाल्पाबाट गोरखाको मनकामना आउँदै गरेको  ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गोरखाको दर्शन गर्न आउँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

 पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएको प्रहरीले जनाएको छ । बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको चितवन प्रहरीले जानकारी दिएको छ । दुर्घटना परि मृत्यु भएकाहरुको सनाखत हुन बाँकी रहेको र घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस