काठमाडौं । इम्याजिन मार्केटिङ लिमिटेड भारतको नम्बर १ वायरलेस हियरेबल ब्रान्डले (फ्ल्यागशिप ब्रान्ड ‘बोट’ अन्तर्गत सन् २०१९ देखि आर्थिक वर्ष २०२२ को दोस्रो त्रैमासिकको भोल्युमको हिसाबले) आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाडै नेपाली बजारमा ल्याउने जनाएको छ । नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिन मार्केटिङ लिमिटेडले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराई ग्राहकहरूको विकासशील आवश्यकता पूरा गरेको छ ।
स्क्वायर डायल भएको Wave Pro 47, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । यो डिस्प्लेमा गुणस्तर्य पिक्चर, 500 nits ब्राईटनेस, र विशाल दृश्य अनुभव प्रदान गर्दछ । यसको नवीनतम boAt ASAP चार्ज टेक्नोलोजीको सात दिनसम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा ० देखि १००% सम्म चार्ज गर्दछ । Wave Pro 47 मा भएको IP67 ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ, जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ । देशभर उपलब्ध Wave Pro 47 को मूल्य ६ हजार ४९९ रहेको छ ।
यस कम्पनीले ‘बोट’ को सबैभन्दा नयाँ संस्करणको boAt Xtend Sport स्मार्टवाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन् । यसमा सात सय प्लस सक्रिय मोडहरू रहेका छन् । जसले तपाईंको निद्राको गतिबिधि देखि तपाईंको पोस्ट वर्कआउटको लागि क्यालोरी ट्र्याक गर्दछ । छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ ।
प्रतिक्रिया दिनुहोस