काठमाडौं । रुकुम पश्चिममा यतिबेला नेपाली काँग्रेसको कुनै पनि उम्मेदवार चुनावी प्रतिष्पर्धामा छैनन् । प्रदेश (क) र (ख)मा मात्रै होइन प्रतिनिधि सभामा पनि नेपाली काँग्रेसको उम्मेदवार छैनन् । केन्द्रिय हस्ताक्षेपको आधारमा नाम मात्रैको रुकुममा सत्ता गठबन्धन छ तर परिणाम र व्यवहारमा रुकुममा काँग्रेस माओवादीको देखिने गरि चुनावी सहकार्य छैन । दुईवटा स्थानीय तह जितेको नेपाली काँग्रेसले प्रदेश सभामा एउटा सिट मागेको थियोे ,अन्तिममा प्रदेश (ख) नेपाली काँग्रेसलाई दिन माओवादी पनि तयार थियोे । तर नेपाली काँग्रेस केन्द्र र जिल्लाको अलमल्ल समन्वयले त्यो पनि गुम्यो ।
उम्मेदवारी दर्ताको अन्तिम अवस्थासम्म काँग्रेस माओवादी वा सत्तारूढ दलहरूबीच रुकुम पश्चिम चुनावी तालमेलको कुनै आधिकारिक सहमति भएन ।यहि कारणले नेपाली काँग्रेसले प्रदेश (क) र (ख) अनि प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरे । तर काँग्रेस सभापति शेर बहादुरले देउवाले प्रदेश (क) मा उम्मेदवार कृष्ण बहादुर रोकाय,र प्रतिनिधि सभाममा उम्मेदवारी दिएका मानबहादुर नेपालीलाई फोनमा हप्काउदै उम्मेदवारी फिर्ता लिएरर जनार्दनको प्रचारप्रसारमा हिड्न निर्देशन दिएको स्थानीय नेताहरु बताउँछन ।
उता पार्टी सभापति समेत रहेका प्रेम प्रकाश ओलीको प्रदेश (ख) को उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो ।यहि कारणले नेपाली काँग्रेस रुकुम यतिबेला उम्मेदवार बिहिन छ ।यस्तो अवस्थामा काँग्रेस कार्यकर्ता र शुभचिन्तकहरु केन्द्र र जिल्ला नेतृत्व प्रति आगो बनेको स्थानीय नेता कार्यकर्ता बताउँछन । यहि असन्तुष्ट पक्षको नेतृत्व गर्दै प्रतिनिधि सभामा उम्मेदवारी दिएरका तारक केसी अर्थमन्त्री समेत रहेका हेभिवेट जनार्दन शर्मा संग रुकुममा प्रतिष्पर्धामा उत्रिएका छन् ।
प्रतिनिधि सभाको उम्मेदवारमा हालका अर्थमन्त्री जनार्दन शर्मा ,स्वतन्त्र उम्मेदवारी दिएका तारक केसी र एमालेका उम्मेदवार नन्दराम देवकोटा विच मुख्य प्रतिष्पर्धा हुनेछ । विश्लेषकका अनुसार युवा उम्मेदवार र चर्चाको हिसाबले जनार्दन शर्मासँग तारक केसीको मुख्य टक्कर पर्ने सम्भावना रहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस