aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कुलेखानी तेस्रोमा यसरी लाग्यो ब्रेक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ भदौ २०७६
कुलेखानी तेस्रोमा यसरी लाग्यो ब्रेक

काठमाडौं । १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको ठेकेदार कम्पनीले तीन महिनादेखि मजदुरको तलब नदिँदा एक महिनादेखि आयोजनाको निर्माण ठप्प भएको छ । हाइड्रो तथा इलेक्ट्रोमेकानिकलको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी झेजियाङ जिनलुनले मजदुरको तलब रोकेको हो।

(कुलेखानी तेस्रोका सहायक निर्देशक रत्नकुमार। श्रेष्ठले जिनलनले तीन महिनादेखि तलब नदिएको भन्दै मजदुरले एक महिनादेखि काम नगरेको बताए। उनले भने, 'हामीले विवाद समाधान गर्न तारन्तार खबर गरिरहेका छौं । अहिलेसम्म सुल्झिन सकेको छैन ।'

उनका अनुसार अहिले आयोजनाको साइट सुनसानजस्तै छ। 'आयोजनाको ड्राई टेस्ट सम्पन्न भइसकेको थियो,' उनले भने, 'पछिल्लो समय आएको
विवादकै कारणले आयोजनाको काम ठप्प भएको हो।

सहायक निर्देशक श्रेष्ठले ठेकेदार कम्पनीले अझैसम्म मजदरको बाँकी बक्यौता रकम नतिरेको बताए। 'आयोजनाको लगभग सबै प्राविधिक काम सम्पन्न भइसक्यो,' उनले भने, 'अब विद्युत् प्राविधिक परीक्षण गर्न मात्र बाँकी छ। आयोजनाका सहायक निर्देशक श्रेष्ठले समयमा काम सम्पन्न नगरेको भन्दै आयोजनाले ठेकेदार कम्पनी झेजियाङजिनलुनलाई १० प्रतिशत हर्जना लगाउँदै आइरहेको बताए।

यसअघि पाँच सय मिटर प्रसारण लाइन निर्माणमा देखिएको समस्यासमेत समाधान भइसकेको आयोजनाले जनाएको छ। यो समाचार अजाको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस