aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

काठमाडौँमा फैलियो डेंगु, यस्तो हुन्छ रोग सार्ने लामखुट्टे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ भदौ २०७६
काठमाडौँमा फैलियो डेंगु, यस्तो हुन्छ रोग सार्ने लामखुट्टे

काठमाडौँ । साउन अन्तिम साता काठमाडौँ उपत्यकामा देखिएको  डेंगु संक्रमण बढ्ने क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

बुधबारसम्ममा काठमाडौँमा १७ जनामा डेंगु संक्रमण प्रमाणित भएको तथ्यांक महाशाखामा प्राप्त भएको छ । अन्यत्रबाट रेफर भएर आएका बिरामीसहित यो संख्या ४९ पुगेको महाशाखाका प्रवक्ता घनश्याम पोख्रेलले बताए । 

चिकित्सकका अनुसार एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु संक्रमण हुन्छ । यो लामखुट्टे कालो र सेतो मिसिएको छिर्केमिर्के हुन्छ । डेंगु भाइरस संक्रमित भएका लामखुट्टेले टोकेको अवस्थामा मानिसलाई पनि यो संक्रमण हुन्छ । यो समाचार आजको नागरिक दैनिकमा छ। 

प्रतिक्रिया दिनुहोस