aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

गुजरातमा पुल चुँडिदा १४१ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ कार्तिक २०७९
गुजरातमा पुल चुँडिदा १४१ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातमा आइतबार साँझ पुल चुडिंदा १४१ जनाको मृत्यु भएको छ । मोरबी भन्ने स्थानमा रहेको मच्छु नदीमाथि बनेको पुल चुडिदा यति धेरै मानिसहरुको मृत्यु भएको हो । 
भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार घटनामा १४१ जनाको मृत्यु हुनुका साथै  १०० जनाभन्दा बढी घाइते भएका छन् । 

समाचारहरुमा उल्लेख गरिए अनुसार ५० जनाभन्दा बढी मानि अझै बेखबर रहेका छन् ।  सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस