काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीको सिटमा बस्दै आएका समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई
बिहीबारदेखि सत्तापक्षको सिटमा बसेका छन्।
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भए पनि निर्वाचन आयोगबाट एकीकरण भएको जानकारी पत्र संसद्लाई नआएपछि दुई पार्टी एकै ठाउँमा बसेका थिएनन् । गत वैशाख २३ गते दुई पार्टीको एकीकरण भए पनि संसद्मा भने फोरम सत्तापक्षको सिटमा बसेको थियो भने नयाँ शक्ति पार्टीका तत्कालीन संयोजक डा.भट्टराई प्रतिपक्षको सिटमा बसेका थिए ।
फोरमबाट दुईजना सरकारका मन्त्री भएका कारण यसपार्टी सत्तापक्षको सिटमा बसेको थियो। उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई रहेका छन् । निर्वाचन आयोगबाट बुधबार दुई पार्टी एकीकरण भएको जानकारी पत्र संसद् सचिवालयमा आएपछि बिहीबारको बैठकमा दुवै पार्टी एकैठाउँमा बसेका थिए। बैठकको सुरुमै सभामुखले निर्वाचन आयोगबाट पार्टी एकीकरणको पत्र संसद् मा आएको जानकारी गराएका थिए। नयाँ शक्ति पार्टीको एक सिट मात्र भएकाले
डा.बाबुराम भट्टराई प्रतिपक्षको 'रो' तर्फको स्वतन्त्र सिटमा बसेका थिए। उनीसँगै राष्ट्रिय जनता पार्टी (राजपा) प्रतिपक्षमा बसेको थियो। यो समाचार अजाको नागरिक दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस