aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

माओवादीको घोषणापत्रमा व्यक्तिको सम्पत्ति छानबिन गर्ने एजेन्डा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ कार्तिक २०७९
माओवादीको घोषणापत्रमा व्यक्तिको सम्पत्ति छानबिन गर्ने एजेन्डा

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) ले आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । उनले केही नीतिगत र कार्यक्रमगतरुपमा प्रतिबद्धतापत्रमा स्पष्टसँग उल्लेख गरिएको जानकारी दिए । 

अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि मिल्ने शासकीयस्वरुप प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको र आम जनताको पहुँच रहने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको बताए ।

माओवादीले विसं २०४७ पछि सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरेको उनले जानकारी दिए ।  प्रतिबद्धतापत्र तयारी समितिका सदस्य डा मिनबहादुर श्रेष्ठले प्रतिबद्धतापत्रमा समावेश गरिएका विषयवस्तुका बारेमा जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस