काठमाडौं । नेकपा माओवादी (केन्द्र)ले गरिबिको रेखामुनि रहेका जनतलाई बिनाधितो ऋण दिने घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले घोषणापत्र जारी गर्दै माओवादीले ५ लाखसम्मको ऋण बिनाधितो दिने घोषणा गरेको हो ।
यसरी बिनाधितो दिइने ऋणको ब्याजदर २ प्रतिशत हुने समेत माओवादीको घोषणापत्रमा उल्लेख छ । यसअनुसार सञ्चालित व्यवसायको बिमा गर्दा प्रिमियममा ९० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिने समेत घोषणापत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस