aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एमाले घोषणापत्र मङ्गलबार सार्वजनिक गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ कार्तिक २०७९
एमाले घोषणापत्र मङ्गलबार सार्वजनिक गर्ने

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मङ्गलबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा मङ्गलबार दिउँसो उक्त घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।

उनका अनुसार एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी रहेको छ । उक्त घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम राखिएको छ ।

एमालले ‘समृद्ध नेपाल  सुखी नेपाली’को सङ्कल्पलाई आत्मसात् गर्दै  देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ ।  एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । उक्त समितिले सुझाव सङ्कलन गर्ने कार्य गरिरहेको र उक्त सुझावका आधारमा घोषणापत्र तयार गरिएको एमालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस