aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

२६ वटा बाणिज्य बैंकको नाफा ५.९४ प्रतिशत बढ्यो

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, १५ कार्तिक २०७९
२६ वटा बाणिज्य बैंकको नाफा ५.९४ प्रतिशत बढ्यो

काठमाडौं । ‘क’ वर्गका २६ वटै वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफा सामान्य रूपमा बढेको छ। बैंकहरूले साउन, भदौ र असोजमा १८ अर्ब ६४ करोड ६८ लाख नाफा कमाएका हुन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा यी बैंकले १७ अर्ब ७० करोड ५७ लाख रुपैयाँ नाफा कमाएका थिए । 

राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकको निष्क्रिय कर्जा घटेको छ भने सेन्चुरी कमर्सियल बैंकको स्थिर रहेको छ । यस अवधिमा सबै भन्दा बढी नाफा कुमारी बैंकले कमाएको छ । सो बैंकको निष्क्रिय कर्जा ०.४६ प्रतिशतबिन्दु बढेको छ ।पहिलो त्रैमासमा औसतमा वाणिज्य बैंकले ७२ करोड रुपैयाँ नाफा कमाएको देखिएको छ । प्रथम त्रैमासमा एनआईसी एसिया बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ ।

एनआईसी एसियाको नाफा पोहोर भन्दा ४८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । नबिल बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ । नेपाल बंगलादेश बैंकलाई गाभेपछि बैंकले पहिलोपटक एकीकृत नाफा सार्वजनिक गर्दै यति नाफा कमाएको हो । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले प्रथम त्रैमाससम्ममा १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफामा साढे १८ प्रतिशतको वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस